चालु आर्थिक वर्षको १० महिनामा ८८ अर्ब बढीको निर्यात; भटमास र सूर्यमुखी तेलको हिस्सा सबैभन्दा ठुलो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम १० महिनामा नेपालबाट ८८ अर्ब २२ करोड रुपैयाँ बराबरका विभिन्न वस्तु तथा सामान निर्यात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष निर्यातमा केही सुधार देखिएको हो। गत आवको यसै अवधिमा ८३ अर्ब २५ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए।

यस वर्ष निर्यात भएका वस्तुहरूमध्ये प्रशोधित खानेतेलको हिस्सा सबैभन्दा बढी रहेको छ। भन्सार कार्यालयका अनुसार चालु आवको १० महिनामा ४८ अर्ब ११ करोड रुपैयाँ बराबरको भटमासको प्रशोधित तेल र ५ अर्ब ३५ करोड रुपैयाँको प्रशोधित सूर्यमुखी तेल निर्यात भएको छ। यसैगरी, ६ अर्ब ४२ करोड रुपैयाँ बराबरको फलफूलको रस (जुस) विदेश पठाइएको छ।

नेपालबाट निर्यात हुने तयारी पोसाक र धागोको वैदेशिक व्यापार पनि उल्लेख्य रहेको छ। तथ्यांक अनुसार समीक्षा अवधिमा ३ अर्ब ३ करोड रुपैयाँको कपडा तथा २ अर्ब २५ करोड रुपैयाँ बराबरको ‘सिन्थेटिक यार्न’ (धागो) निर्यात भएको भन्सार कार्यालयले जनाएको छ। डाटाहरूले समग्र निर्यातको ग्राफ बढेको देखाए पनि स्वदेशी उत्पादनको वास्तविक प्रवर्द्धन र निर्यातमा आत्मनिर्भरता बढाउन थप रणनीतिक योजना आवश्यक रहेको अर्थविद्हरू बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा