प्रतिनिधिसभाको बैठक आज बस्दै: आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरिने कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज मङ्गलबार पनि बस्ने भएको छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १:०० बजेका लागि बोलाइएको छ, जसका लागि सम्भावित कार्यसूची समेत तय भइसकेको छ।

बैठकको सुरुमा सम्माननीय सभामुख डीपि अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ। त्यसपछि बैठकको मुख्य कार्यसूचीका रूपमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको छलफल प्रवेश हुनेछ।

कार्यसूची अनुसार माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। अर्थमन्त्रीले उक्त प्रस्ताव प्रस्तुत गरेसँगै सदनमा आगामी आर्थिक वर्षको बजेटमाथि औपचारिक रूपमा सामान्य छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ। गत शुक्रबार सार्वजनिक भएको बजेटमाथि विभिन्न दलका सांसदहरूले आ-आफ्नो धारणा राख्ने क्रम आजैदेखि अघि बढ्नेछ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा