नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार: फाइनान्सबाहेक सबै समूह ओरालो

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक २०.२७ अङ्कले घटेर २७३५.१४ बिन्दुमा पुगेर बन्द भएको छ।

आजको कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य ओरालो लागेको छ। कुल ३५६ कम्पनीका ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँ बराबरको कुल कारोबार भएको छ। समूहगत रूपमा आज फाइनान्सबाहेक अन्य सबै उपसमूहका सूचक घटेका छन्। अन्य र ट्रेडिङ सेक्टरमा भने एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ।

आज कारोबार भएका कम्पनीमध्ये ४३ वटाको शेयर मूल्य बढेको छ भने २२१ वटा कम्पनीको मूल्य घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो। आज सबैभन्दा बढी नाफा कमाउनेमा कालिञ्चोक हाइड्रोपावर (१४.९९ प्रतिशत) र क्रेस्ट माइक्रो लाइफ (१३.११ प्रतिशत) रहेका छन्। यस्तै, कारोबार रकमका आधारमा आज सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो, जसको २० करोड ४६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा