आजको मौसम : कोशी र बागमतीमा वर्षाको भेल, पश्चिम तराईमा टन्टलापुर घाम र तातो हावाको सास्ती

काठमाडौँ । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको संयुक्त प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका फरक–फरक भू–भागमा मौसमको विविध रूप देखिन थालेको छ।

आज असार १ गते सोमबार देशको हिमाली भू–भाग र कोशी प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। मौसममा आएको यो परिवर्तनसँगै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा र कर्णालीको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरू र मधेस प्रदेशको पनि एक–दुई स्थानमा चट्याङ्गसहित पानी पर्ने मौसमविद्को भनाइ छ।

पूर्वी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहँदा पश्चिम तराईमा भने गर्मीले जनजीवन प्रभावित पार्ने देखिएको छ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा आज अत्यधिक गर्मी बढ्ने र तातो हावा (लू) चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले विशेष आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा