अमेरिका–इरान ऐतिहासिक समझदारी कार्यान्वयनका लागि आजदेखि स्विट्जरल्याण्डमा ‘प्रारम्भिक वार्ता’ सुरु हुँदै

जेनेभा । मध्यपूर्वमा जारी युद्ध अन्त्यका लागि संयुक्त राज्य अमेरिका र इरानबिच भएको ऐतिहासिक समझदारी कार्यान्वयनका लागि आजदेखि स्विट्जरल्याण्डमा ‘प्रारम्भिक वार्ता’ सुरु हुँदैछ। स्वीस मन्त्रालयको समन्वयमा बर्नस्थित ‘स्विस रिसोर्ट कम्प्लेक्स’ (बर्गनस्टक) मा यो उच्चस्तरीय बैठक बस्न लागेको हो।

स्वीट्जरल्याण्डको विदेश मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार सम्झौताको व्यावहारिक कार्यान्वयनको खाका कोर्नका लागि संयुक्त राज्य अमेरिका र इरानका कूटनीतिक अधिकारीहरूसहित मध्यस्थकर्ता मुलुकहरू पाकिस्तान, कतार र अन्य सम्बन्धित देशका प्रतिनिधिहरू बर्गनस्टकमा भेला हुनेछन्। यसअघि मङ्गलबार नै सोही स्थानमा हुने भनिए पनि केही अन्योलताका कारण सरेको यो बैठकको अनिश्चितताको पर्दा अन्ततः विदेश मन्त्रालयको नयाँ घोषणासँगै हटेको छ। मध्य स्विट्जरल्याण्डको लुसर्न नजिकै रहेको उक्त लक्जरी होटल कम्प्लेक्समा आजदेखि वार्ताको प्रक्रिया अगाडि बढ्नेछ।

यो बैठकलाई गत फेब्रुअरी २८ मा अमेरिका–इजरायल हमलाबाट सुरु भएको घातक क्षेत्रीय युद्ध अन्त्य गर्न दुई देशबिच भएको समझदारीपत्र (MoU) कार्यान्वयनको जगका रूपमा हेरिएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस नजिकै आयोजित एक रात्रिभोज कार्यक्रमबाट र इरानी राष्ट्रपति मसुद् पेजेस्कियानले तेहरानबाटै डिजिटल (विद्युतीय) प्रविधिमार्फत उक्त शान्ति सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। स्विट्जरल्याण्डमा सुरु हुने यस वार्तामा इरानका प्रमुख वार्ताकार मोहम्मद बाघर गालिबाफ र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौताको विस्तृत र प्राविधिक विवरणहरू तयार पार्न मुख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा