रास्वपा महाधिवेशन: एकल उम्मेदवारी परेसँगै पार्टी सभापतिमा रवि लामिछाने सर्वसम्मत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछाने सर्वसम्मत निर्वाचित हुने निश्चित भएको छ। पार्टीको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको मनोनयन दर्तामा सभापति पदका लागि लामिछानेको मात्र एकल उम्मेदवारी परेको हो।

पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रस्तावमा लामिछानेले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले निर्धारित समयभित्र सभापति पदमा अन्य कुनै पनि उम्मेदवारी नपरेको जानकारी दिँदै लामिछानेको एकल उम्मेदवारी कायम भएको स्पष्ट पारेका छन्।

एकल उम्मेदवारी परेसँगै लामिछाने रास्वपाको सभापतिमा सर्वसम्मत बनेका हुन्। निर्वाचन आयोगले अब आवश्यक प्राविधिक र कानुनी प्रक्रियाहरू पूरा गरेपछि उनी सर्वसम्मत निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ। यससँगै रास्वपाको आगामी नेतृत्व र कार्यदिशा पुनः लामिछानेकै काँधमा पुगेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा