रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि ४०० भन्दा बढीको उम्मेदवारी, प्राविधिक कारणले मतदानमा ढिलाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ केन्द्रीय सदस्य पदका लागि चार सयभन्दा बढीको उम्मेदवारी परेको छ। उम्मेदवारहरूको सङ्ख्या धेरै भएको र निर्वाचन आयोगले अन्तिम नामावली (सर्ट लिस्ट) सार्वजनिक गर्न समय लागेका कारण पूर्वनिर्धारित मतदान प्रक्रियामा ढिलाइ भएको छ।

प्राविधिक टोलीका अनुसार खुला र समावेशी क्लस्टर छुट्याएर भोटिङ मेसिनमा उम्मेदवारहरूको विवरण सेट गर्नुपर्ने हुन्छ। आयोगबाट अन्तिम सूची प्राप्त भएपछि मात्र मेसिनमा सेटिङ मिलाउने कार्य सुरु हुनेछ। मतदानका लागि ८० वटा राम-लक्ष्मण भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ। करिब ४५ सय मतदाता रहेको यस निर्वाचनमा एक जनालाई मतदान गर्न करिब २० मिनेट लाग्ने अनुमान गरिएको छ, जसले गर्दा सम्पूर्ण मतदान प्रक्रिया सम्पन्न हुन १५ देखि २० घण्टासम्म लाग्न सक्ने प्राविधिकहरूको भनाइ छ।

प्रवासमा रहेका मतदाताहरूका लागि भने मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ। पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन् भने पहिलो चरणमा केन्द्रीय सदस्यहरूको मतदान सकिएपछि मात्र अन्य पदाधिकारीहरूको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। रास्वपामा १९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा