रास्वपा महाधिवेशन: तीन प्रतिस्पर्धीलाई उछिन्दै महामन्त्रीमा विपिन आचार्य निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा विपिन आचार्य निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि आज भएको निर्वाचनमा आचार्यले आफ्ना तीन प्रतिस्पर्धीलाई उछिन्दै उक्त पदमा बाजी मारेका हुन्।

महामन्त्री पदका लागि विपिन आचार्यसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की चुनावी मैदानमा उम्मेदवारका रूपमा रहेका थिए। कडा प्रतिस्पर्धाबीच अन्य तीन जना उम्मेदवारलाई पछि पार्दै आचार्यले रास्वपाको महत्त्वपूर्ण मानिने महामन्त्रीको जिम्मेवारी पाएका हुन्। यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने र महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भइसकेका छन् भने केन्द्रीय समितिका अन्य पदहरूको मत परिणाम पनि सार्वजनिक हुने क्रम जारी छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा