प्रतिनिधिसभा बैठक आज बस्दै: सार्वजनिक खरिद, सहकारी र सम्पत्ति शुद्धीकरणसहित १२ वटा कार्यसूची तय

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकका लागि आर्थिक तथा कानुनी महत्त्वका १२ वटा कार्यसूची तय गरिएका छन्।

बैठकको सुरुआतमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइनेछ। त्यसपछि प्रधानमन्त्रीको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको २०८३ सालको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। साथै, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक सभामा प्रस्तुत गरिनेछ।

बैठकमा आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनहरूमाथि छलफल गरी निर्णय गरिनेछ भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। यसका अतिरिक्त, प्रतिनिधिसभाका पूर्वसदस्य राजेन्द्र खरेलको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पनि प्रस्तुत गरिने कार्यसूची रहेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा