प्रधानमन्त्रीले संसदमा जवाफ नदिई पार्टी महाधिवेशनमा प्रतिक्रिया दिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ सदनलाई नदिई पार्टीको महाधिवेशनको मञ्चबाट दिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउचाले यसप्रति असन्तुष्टि व्यक्त गरेकी हुन्।

सांसद काउचाले प्रधानमन्त्रीको प्रत्येक अभिव्यक्ति देशको आधिकारिक राजनीतिक सन्देश हुने भएकाले आफ्नो ओहोदाको गरिमा जोगाउन र कूटनीतिक मर्यादामा सचेत रहन प्रधानमन्त्रीलाई आग्रह गरिन्। विपक्षी दलहरूले सदनमा लगातार जवाफ मागिरहे पनि प्रधानमन्त्रीले पार्टी महाधिवेशनमा गएर जवाफ दिएको भन्दै उनले ‘सदनलाई होइन पार्टीका कार्यकर्तालाई जानकारी दिनुभएको हो ?’ भनी प्रश्नसमेत गरेकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा