कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार उनलाई अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भण्डारीविरुद्ध अदालतमा गालीगलौजसम्बन्धी मुद्दा परेको थियो। उक्त मुद्दामाथि सुनुवाइ गर्दै अदालतले उनलाई एक महिना ७ दिन कैद र जरिवाना हुने फैसला सुनाएको थियो।
सोही फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका भण्डारीलाई अब आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको फैसला बमोजिम सजाय कार्यान्वयनका लागि अगाडि बढाइने प्रहरीले जनाएको छ।





