प्रतिनिधिसभा नियमावलीका विवादित प्रावधानविरुद्ध कानुनी उपचार खोज्दै कांग्रेस, सर्वोच्च जाने तयारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै पारित भएको प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधान संविधानविपरीत रहेको ठहर गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ। विवादित प्रावधानहरू खारेजीको माग गर्दै कानुनी उपचार खोज्ने विषयमा पार्टी नेतृत्वले कानुनविद्‌हरूसँग सघन छलफल अगाडि बढाएको छ।

पार्टीका शीर्ष नेताहरूले वरिष्ठ अधिवक्ताहरूसँग प्रतिनिधि सभा नियमावलीमा राखिएका प्रावधानविरुद्ध अदालत जान मिल्ने वा नमिल्ने विषयमा परामर्श गरिरहेका छन्। अहिले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संसदीय दलले संयुक्त रूपमा रिट दायर गर्ने वा छुट्टाछुट्टै जाने भन्ने विषयमा पनि पार्टीभित्र आन्तरिक छलफल भइरहेको छ।

विशेषगरी, नियमावलीको दफा २५९ मा राखिएको प्रावधानले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर फौजदारी अभियोग लागेका सांसदहरूलाई निलम्बनबाट जोगाउने र संविधान संशोधन प्रस्तावमा राष्ट्रिय सभाको भूमिकालाई अवमूल्यन गर्ने कांग्रेसको ठहर छ। विपक्षी दलहरूको चर्को विरोध र संसद्‌मा नाराबाजीका बाबजुद गत जेठ १७ गते राति बहुमतका आधारमा उक्त विवादित नियमावली पारित गरिएको थियो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा