६ किलो सुन प्रकरण: स्रोत नखुलेपछि बलराम गुप्ताको ७३ लाखभन्दा बढी नगद जफत गर्ने विशेष अदालतको फैसला

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दामा फैसला गर्दै अवैध सुन कारोबारमा संलग्न बलरामप्रसाद गुप्ताको ७३ लाख रुपैयाँभन्दा बढी नगद जफत गर्ने आदेश दिएको छ।

न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले मङ्गलबार उक्त फैसला सुनाएको हो। अदालतले गुप्ताको साथबाट बरामद भएको ७३ लाख ३० हजार ५ सय रुपैयाँको वैधानिक स्रोत खुल्न नसकेको ठहर गर्दै सो रकम राज्यकोषमा जफत हुने फैसला गरेको हो।

यसअघि ६ किलो अवैध सुनसहित पक्राउ परेका गुप्तालाई अदालतले ‘सुन चोरी निकासी पैठारी’ मुद्दामा दोषी ठहर गरिसकेको थियो। सोही अभियोगका आधारमा सरकारले उनीबाट बरामद भएको उक्त ठुलो परिमाणको नगद पनि अवैध सुनकै कारोबारबाट आर्जन गरिएको दाबीसहित सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो। विशेष अदालतको यस फैसलाले अवैध सम्पत्ति आर्जन गर्नेहरूमाथि कडा कानुनी सन्देश दिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा