देशभर मनसुन सक्रिय: आज ६ वटा प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले आज देशका विभिन्न भागमा वर्षा हुने र विशेषगरी ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।

मङ्गलबार दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ। पहाडी तथा हिमाली भू-भागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। मधेस प्रदेश र अन्य तराईका केही स्थानमा समेत मध्यम वर्षा हुनेछ।

रातिको समयमा पनि देशभर मौसम बदली नै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ। लगातारको वर्षाका कारण नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्ने, तराईका होचा स्थानमा डुबान हुने र पहाडी भू-भागमा पहिरोको उच्च जोखिम रहने भएकाले यात्रा गर्दा र दैनिक कामकाजमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा