शुक्रबार हिमाली र पहाडी भेगमा भारी वर्षा र हिमपातको जोखिम, तराईमा पनि वर्षा हुने

काठमाडौँ । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा शुक्रबार हिमाली तथा पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार शुक्रबार दिउँसो हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बदली रहनेछ।

शुक्रबार दिउँसो लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हिमाली र पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ।

तराई क्षेत्रतर्फ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा र कोशी, मधेस तथा सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने पूर्वानुमान छ।

रातिको समयमा देशभर साधारणतया बादल लाग्नेछ। हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना कायम रहनेछ। त्यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान र मधेस प्रदेशको तराईका एक-दुई स्थानमा राति पनि मध्यम वर्षा हुन सक्नेछ। भारी वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा