मौसम अपडेट: आज तीन प्रदेशमा भारी वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मुलुकभर हाल मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (शुक्रबार) देशभरको मौसममा उल्लेख्य बदलाब आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभर साधारणतया बादल लाग्नेछ भने विभिन्न प्रदेशका पहाडी तथा तराई भू-भागमा वर्षाका साथै हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै, तराई भू-भागका थोरै स्थानहरूमा पनि चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। विशेष गरी बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

त्यसैगरी आज राति पनि देशभरको मौसम बदली नै रहनेछ। रातिको समयमा देशको हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्नेछ। रातिको समयमा कोशी प्रदेशको पहाडी तथा तराई भू-भाग र बागमती एवं गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहने पूर्वानुमान गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा