मधेसका जिल्लाहरूमा चर्किएको साम्प्रदायिक तनावमा चार जनाको मृत्यु: न्यायिक छानबिन समिति गठन गर्न कांग्रेसको कडा माग

काठमाडौँ । सुनसरी, सिरहा, पर्सा र धनुषा लगायतका मधेसका जिल्लाहरूमा साम्प्रदायिक तथा धार्मिक तनाव उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको छ। उक्त घटनामा दर्जनौँ व्यक्ति घाइते भएका छन् भने मधेसका विभिन्न भू-भागमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले निहत्था नागरिकको ज्यान जाने गरी सरकारले गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्दै प्रश्न उठाएका छन्। उनले नागरिकको सुरक्षामा सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाउँदै घटित घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरे।

नेता आङ्देम्बेले घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै क्षतिको यकिन गरी पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र निष्पक्ष छानबिनका लागि तत्काल उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा