सम्झौता कार्यान्वयन र अनसनरत नर्सको जीवन रक्षाको माग गर्दै नर्सिङ सङ्घद्वारा सरकारलाई चेतावनी

काठमाडौँ । नेपाल नर्सिङ सङ्घले नर्सहरूको पेसागत हकहित, सेवासुविधा र विगतमा भएका सम्झौताहरू तत्काल कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गरेको छ। आफ्ना जायज मागहरू पूरा गर्न दबाब दिँदै अनसनमा बसेकी नर्सको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक बन्दै गएको भन्दै सङ्घले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो।

स्वास्थ्य मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउँदै सङ्घले गत कात्तिकमा तलब, भत्ता तथा सेवा सुविधा बढाउने विषयमा सरकार, सङ्घ र सरोकारवाला निकायबिच भएको सम्झौता अझै पूर्ण रूपमा पालना नभएकोमा आक्रोश व्यक्त गरेको छ। सम्झौता कार्यान्वयनमा देखिएको उदासीनताकै कारण साउन १४ गतेदेखि नर्स ज्योति रानाभाट अनसन बस्न बाध्य भएको र उनको स्वास्थ्य स्थिति हाल विषम बनेको सङ्घले जनाएको छ।

अनसनरत नर्सको अविलम्ब जीवन रक्षा गर्न र विगतका सहमतिहरू पूर्ण रूपमा लागु गर्न माग गर्दै सङ्घले आफ्नो अडान दोहोर्‍याएको छ। यदि समयमै मागहरू सम्बोधन नगरिए र अनसनका कारण कुनै अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवारी स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायले लिनुपर्ने कडा चेतावनी समेत सङ्घले दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा