प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले छिमेकी मुलुक भारत र चीनका राजदूतहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार सोमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तव र अपराह्न ३ बजे चिनियाँ राजदूत चाङ माओमिङसँग सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ताको कार्यक्रम तय भएको हो।

प्रधानमन्त्रीमा नियुक्त भएपछि शाहले गत चैत २५ गते नेपालस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटघाट गरेका थिए। सुरुवाती चरणमा विदेशी कूटनीतिज्ञहरूसँग व्यक्तिगत रूपमा नभेट्ने अडान राखेका प्रधानमन्त्री शाहले पछिल्लो समय कूटनीतिक संवादलाई तीव्रता दिन थालेका हुन्।

यसअघि गत असार २३ गते प्रधानमन्त्री शाहले एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै द्विपक्षीय छलफल गरेका थिए। सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार विकासका विषयमा छलफल भएको सो भेटपछि अहिले दुई छिमेकी मुलुकका राजदूतहरूसँग बेग्लाबेग्लै भेटवार्ता हुन लागेको हो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा