राहत, उद्धार र पुनर्स्थापनाका लागि सर्वदलीय समिति बनाउन रवि लामिछानेको प्रस्ताव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको राहत, उद्धार र पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउन सर्वदलीय वा सर्वपक्षीय समिति गठन गर्न प्रस्ताव गरेका छन्।

सिंहदरबारमा आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारको एकल प्रयासभन्दा पनि सबै राजनीतिक दलको साझा संयन्त्रमार्फत अघि बढ्दा निर्णय प्रक्रिया र कार्यान्वयन थप पारदर्शी एवं प्रभावकारी हुने धारणा राखे। ‘राहत, उद्धारदेखि पुनर्स्थापनासम्मका लागि सर्वदलीय समिति वा संसदीय समिति गठन गरौँ, जसले सरकारलाई रणनीतिक निर्णय लिन सहज बनाओस्,’ लामिछानेले भने।

विपद्को समयमा सरकारी कोषलाई नै एकद्वार प्रणाली मानेर सबै दलले सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले दलगत राजनीतिक स्वार्थभन्दा माथि उठेर एकताबद्ध हुन आह्वान गरे। साथै सामाजिक सञ्जालमा फैलाइने भ्रम रोक्न र सही सूचना प्रवाहका लागि समेत दलहरूबीच सहकार्य हुनुपर्ने उनको भनाइ थियो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा