संसद्‌मा सम्बोधनका लागि रास्वपा सभापति रवि लामिछानेले मागे समय

काठमाडौँ । प्रतिनिधिसभाको आज (बुधबार) बस्ने बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्। संसद्मा आफ्नो धारणा राख्नका लागि उनले सभामुखसँग समय माग गरेका हुन्।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार सभापति लामिछानेले सदनमा समसामयिक विषयमा सम्बोधन गर्नका लागि सभामुखसँग समय उपलब्ध गराइदिन अनुरोध गरेका छन्। प्रतिनिधिसभाको बैठक आज दिउँसो १:०० बजे बस्ने कार्यसूची रहेको छ।

सम्बोधनका क्रममा सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी, त्यसले पुर्‍याएको क्षति, राहत तथा उद्धारका काम र जेनजी आन्दोलनलगायतका समसामयिक राष्ट्रिय मुद्दाहरूमा आफ्ना भनाइ राख्ने बुझिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा