सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने तय भएको छ। दुवै सदनको बैठकमा विभिन्न विधेयक, मन्त्रालयगत प्रश्नोत्तर, वार्षिक प्रतिवेदन पेस गर्ने तथा विधेयक पारित गर्नेसम्बन्धी कार्यसूची तय गरिएको छ।

प्रतिनिधिसभा बैठकमा मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्नेछन्। त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुका साथै विभिन्न महत्वपूर्ण विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने र संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिकसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची छ।

उता अपराह्न बस्ने राष्ट्रियसभाको बैठकमा पनि विभागीय मन्त्रीहरूले प्रश्नोत्तर टेबुल गर्ने, प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि सहमति जुटाउने र आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा