पछिल्लो २४ घण्टामा देशभर २१ वटा विपद्का घटना, आठ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा घटेका २१ वटा विपद्जन्य घटनामा परी आठ जना घाइते भएका छन्। बाढी, पहिरो, सर्पदंश, आगलागी तथा जनावर आक्रमणका कारण ती मानवीय क्षति भएका हुन्। प्राप्त विवरणअनुसार यस अवधिमा सबैभन्दा धेरै सर्पदंशका सात वटा घटना भएका छन् भने पहिरोका पाँच, बाढीका तीन, आगलागीका दुई, जनावर आक्रमणका दुई तथा अविरल वर्षाका कारण एक विपद्का घटना दर्ता भएका छन्।

विपद् प्रभावित क्षेत्रमा परेका नागरिकको तत्काल उद्धार, राहत तथा सुरक्षित व्यवस्थापनका लागि डेढ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार टोलीहरूले स्थानीय तह तथा सम्बन्धित निकायहरूसँग समन्वय गरी जोखिममा परेका स्थानहरूमा आवश्यक उद्धार र पुनर्स्थापनाको कार्यलाई तीव्रता दिएका छन्। विपद्का घटना अझै बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै जोखिमयुक्त भूगोल तथा नदी किनार आसपासका बस्तीहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा