भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या १,४५७ पुग्यो, ४,७२० जना अझै बेपत्ता

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४५७ पुगेको छ । गम्भीर घाइते भई काठमाडौँमा उपचाररत दुई जनाको समेत मृत्यु भएसँगै मृतकको सङ्ख्या बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हालसम्म रसुवामा २३६, नुवाकोटमा २०५, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको बाढीका कारण मृत्यु भएको पुष्टि भएको छ ।

बाढीबाट फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायतका प्रक्रियाहरू पूरा गरी हालसम्म १ हजार ३३५ शव व्यवस्थापन गरिसकिएको छ । अझै पनि १ हजार ४३८ शवको पहिचान हुन बाँकी रहेको तथा ४ हजार ७२० जना नागरिक बेपत्ता रहेको सुरक्षा निकायले जनाएको छ । बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य विभिन्न प्रभावित जिल्लाहरूमा तीव्र रूपमा जारी राखिएको छ ।

यसैगरी, बाढीबाट विस्थापित बनेका १ हजार २३१ जनालाई विभिन्न जिल्लास्थित होल्डिङ सेन्टरहरूमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । प्रभावित क्षेत्रहरूमा थप क्षति हुन नदिन सुरक्षाकर्मीहरू परिचालन गरिनुका साथै राहत सामग्री वितरण तथा स्वास्थ्य उपचारका कामहरूलाई तीव्रता दिइएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा