सरकारले यो पटक बजेट मार्फत रक्सी र चुरोटमा लाग्ने कर बढाएको छ ।

सरकारले हरेक वर्ष रक्सी चुरोटको मूल्य बजेट मार्फत बढाउने गरेको छ। बजेट आएपछि सर्वसाधारणलाई हुने डर भनेको मूल्यबृद्धि नै हो । सरकारले यो पटक बजेट मार्फत रक्सी र चुरोटमा लाग्ने कर बढाएको छ । जसको कारण रक्सी र चुरोटको मूल्य बढेको छ।

यो संग संगै सरकारले सुनको मूल्य बढाएको छ। विदेशबाट आयात हुने सुनको मूल्यमा भन्सार बढाएको छ । जसको कारण सुनको मूल्य बढ्ने छ । अर्थमन्त्री खतिवडाले सुनको भन्सार दर प्रति १० ग्राम २ हजार रुपैयाँले बढाएका छन् ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको हुँदा राजस्वको बढाउनको लागि पेट्रोलिमय पदार्थको कर बढाइएकोछ तेसैले सरकारले खाना पकाउने एलपी ग्यास र हवाई इन्धन बाहेक पेट्रोल र डिजेल र मट्टितेलमा लाग्ने कर बढाएको छ ।यसले उपभोक्ताले अन्तराष्ट्रिय बजारमा घटेको मूल्यको लाभ भने लिन पाउने छैनन् ।

सरकारले यो पटकको बजेटमा सवारीसाधनको करहरुमा परिवर्तन गरेको छैन । जसको कारण सवारीसाधनको मूल्य परिवर्तन हुने छैन । यसबाहेक सरकारले एक दर्जन वस्तुमा लाग्ने अन्तशुल्क घटाएको छ ।

उद्योगले आयात गर्ने कच्चा पदार्थ र तयारी वस्तुको अन्तर केही कमी भएको छ । जसले गर्दा विदेशबाट आयात हुने केही वस्तुहरुको मूल्य बढ्ने छ ।सामुदायिक बनले बिक्री गर्दा लिदै आएको १५ प्रतिशत बन पैदावार शुल्क खारेज भएको छ । यसले केही मात्रामा भएपछि फर्निचरको मूल्य घटाउन भने सहयोग गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा