उच्च बिन्दुबाट घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । लगातार बढेर उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहिबार घटेको छ । आज सुनको भाउ तोलाको ६०० रुपैयाँ र चाँदीको भाउ २० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार यस दिन सुनको भाउ तोलाको २ लाख ६७ हजार ५०० रुपैयाँमा झरेको छ। हिजो बुधबार सुन प्रतितोला ९०० रूपैयाँ बढेर २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँ घटेको छ । हिजो ४ हजार ४२० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ४०० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा