रवि र बालेन नमिले सम्म गेट खोल्दैनौ भन्दै सुधन गुरुङले लगाए गेटमा ताला

काठमाडौं । जेन–जी अभियानका अगुवा तथा ‘हामी नेपाल’ का संयोजक सुधन गुरुङले रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच सहकार्य र सहमति आवश्यक रहेको भन्दै कडा दबाब दिएका छन्।

ललितपुरको ज्वागालस्थित कुमार बेनको निवासमा बिहीबार दिउँसो दुवै नेताबीच छलफल भइरहेका बेला गुरुङले घरको मुख्य गेटमा ताला लगाएको भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमार्फत उनले सहमति नभएसम्म दुवै नेतालाई बाहिर जान नदिने बताएका छन्।

उनले भने “हाम्रा दुवै नेता भित्रै हुनुहुन्छ। उहाँहरूबीच सहमति नजुटेसम्म यो गेट खुल्दैन, हामीले यहाँ ताला लगाइराखेका छौं, उहाँहरूबीच कुरा नमिलेसम्म हामी ताला खोल्दैनौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा