काठमाडौं । बुधबार घटेको सेयर बजारमा बिहिबार झिनो अंकको सुधार देखिएको छ। हिजो १३.३५ अंकले घटेको बजार आज साताको अन्तिम कारोबार दिन ४.५९ अंकले बढेर २६ सय ४० दशमलव ५४ बिन्दुमा रोकिएको छ ।
यस साताको ५ कारोबारमा २ दिन घटेको सेयर बजार ३ दिन बढेको छ । सेयर बजार मापक नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ । आज ३२८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।
हिजो ३ सय २३ वटा कम्पनीको १ करोड ६ लाख कित्ता शेयर ५ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको थियो ।
आज ७ उपसूचकमा हरियाली देखिएको छ भने ६ उपसूचक घटेका छन् । यस्तै आज १२९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ । १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यसदिन सान्भी इनर्जी र एसवाई प्यानल नेपालको शेयर क्रमशः ८.१६ र ५.७१ प्रतिशतले बढेको छ भने सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ३.९० प्रतिशत घटेको छ ।
