सुनको मूल्यमा सामान्य गिरावट: चाँदी पनि प्रतितोला ३० रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज बुधबार सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो।

महासंघले आजका लागि तय गरेको दरभाउअनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम गरिएको छ। मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६ सय ३० रुपैयाँ तोकिएको छ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार १६० रुपैयाँ रहेको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय ९८ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा