मौसम पूर्वानुमान: आइतबार कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायमै रहँदा आइतबार पनि हिमाली तथा पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार आइतबार दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बदली रहनेछ।

दिउँसो देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्रतर्फ कोशी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

रातिको समयमा देशभर साधारणतया बादल लाग्नेछ। राति विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यसै गरी, राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। तराईतर्फ बागमती र गण्डकीका थोरै स्थान तथा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा मध्यम वर्षा हुन सक्नेछ। पहाडी तथा हिमाली भेगमा भारी वर्षाको जोखिम रहेकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा