मतपत्र छपाइ अन्तिम चरणमा: ६३ जिल्लाको काम सम्पन्न, कर्णालीमा ढुवानी सुरु

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रका लागि आवश्यक मतपत्र छपाइ सम्पन्न भएको छ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छपाइ कार्यअन्तर्गत हालसम्म १ करोड ७१ लाख ६३ हजार मतपत्र तयार भइसकेको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिएका छन्।

आयोगका अनुसार अब काठमाडौँ उपत्यका र आसपासका १४ जिल्लाको मात्र मतपत्र छाप्न बाँकी छ, जुन आगामी तीन दिनभित्र सकिने अनुमान गरिएको छ। हाल दैनिक ११ देखि १५ लाखसम्म मतपत्र छपाइ र करिब एक हजार बाकस मतपत्र प्याकिङ गर्ने काम भइरहेको छ।

छपाइ सकिएका मतपत्रहरूमध्ये कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा आजैदेखि ढुवानी सुरु गरिएको छ। प्रत्यक्षतर्फको निर्वाचनका लागि कुल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्य रहेकोमा अधिकांश काम पूरा भइसकेको र प्याकिङ भएका १५ हजार ३७१ बाकस मतपत्र ढुवानीका लागि तयार अवस्थामा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा