निर्वाचन सुरक्षाका लागि प्रहरीको ‘विश्लेषण महाशाखा’ गठन: ६ समूहमाथि कडा निगरानी

काठमाडौँ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रहरी प्रधान कार्यालयले विशेष रणनीति अपनाएको छ। निर्वाचन बिथोल्न सक्ने समूहहरूको पहिचान र उनीहरूको गतिविधि निस्तेज पार्न एसएसपी दयानिधि ज्ञवालीको नेतृत्वमा ‘विश्लेषण महाशाखा’ गठन गरिएको छ।

प्रहरीको विश्लेषण अनुसार दुर्गा प्रसाईँको महाअभियान, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र पहिचानवादी समूहहरू निर्वाचन विरोधी गतिविधिमा सक्रिय रहेका छन्। निर्वाचन बिथोल्न खोजेको आरोपमा अहिलेसम्म विभिन्न समूहका ८ जनालाई पक्राउ गरिएको छ, जसमा धर्मेन्द्र बास्तोला र नरेन्द्र बहादुर विक समेत रहेका छन्।

प्रहरीले यसपटक रोहिङ्ग्या शरणार्थीहरूको गतिविधिमाथि पनि विशेष निगरानी बढाइएको जनाएको छ। निर्वाचन विरोधी समूहले उनीहरूलाई प्रयोग गर्न सक्ने आशङ्कामा कपन, कालिमाटी र बालाजु क्षेत्रमा रहेका ४१९ जना रोहिङ्ग्याहरूको निगरानी भइरहेको छ।

एआईजी उमा प्रसाद चतुर्वेदीको नेतृत्वमा १५१ सदस्यीय ‘केन्द्रीय निर्वाचन सेल’ गठन गरी एकीकृत सुरक्षा योजना लागु गरिएको छ। यस निर्वाचनमा चारवटै सुरक्षा निकायका गरी कुल ३ लाख १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा