दुई वर्षदेखि प्रेममा रमाउँदै इन्दिरा

काठमाडौं – गायिका इन्दिरा जोशी आफू प्रेममा रहेको खुलासा गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू दुई वर्षदेखि प्रेममा रहेको बताएकी हुन् । प्रेममा रहेको खुलासा गरे पनि कोसँग प्रेममा छिन् भन्नेबारे खुलाएकी छैनिन् ।

इन्दिराले मिडियामा भने आफू प्रेममा नरहेको बताउँदै आएकी थिइन् । इन्दिराले प्रेमीले दिएको रिङको तस्वीरसहित प्रेममा रहेको खुलासा गरेपछि सामाजिक सञ्जालमार्फत उनलाई फ्यानले बधाई दिएका छन् ।

‘मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन्, हामी दुई वर्षदेखि एकसाथ छौँ र कैयौँ वर्षदेखि एकसाथ अगाडि बढ्ने वाचा गरेका छौँ,’ उनले लेखेकी छिन् ।

उनले जिन्दगीको अन्तिम सास रहेसम्म एकसाथ रहने पनि बताएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा