घरेलु विधिबाट यसरी ठीक पार्न सकिन्छ पिनास

काठमाडौँ – नाकमा श्वास आएर नाक बन्द भयो र नाक बन्द भएर धुँवा निस्क्यो तथा नाकलाई दुर्गन्धको ज्ञान भएन भने त्यसलाई ‘पिनास रोग’ भनिन्छ ।

घरेलु उपचार

१.  कालो मरिच, सखर र दहीलाई मिलाएर खानाले पिनास रोग ठीक हुन्छ ।

२.  कायफल, हिङ, खुर्सानी, लाख इन्द्रयव, कूट, वच, वायुविडङ्गको झोल पिउनाले पिनास रोग ठीक हुन्छ ।

३.  सुठो, कालो मरीच, पिप्पली, चित्रक, तुलसीपत्र, डासरिया, अमलवेत, चव्य, जीरा, इलायची, तज र पत्रजको चूर्णलाई पुरानो सखर त्यति नै मात्रामा मिलाएर ८ ग्रामको परिमाणका चक्कीहरु बनाउनुहोस् । एक गोली दैनिक दस दिनसम्म खानाले पिनास रोग ठीक हुन्छ ।

४.  भाङको पातको रस र सिधेनुन तेलमा पकाउनुहोस् । यो तेललाई नाकमा हाल्नाले पिनास रोग ठीक हुन्छ ।

५.  वायुविडङ्ग, सिधेनुन, हिङ, गुग्गल, वच र मेनसिलको चूर्णको नास दिनाले पिनास रोग ठीक हुन्छ ।

६.  कटियाली, दात्यूणी, वच, सजिनोको बोक्रा, तुलसीपत्र, सुठो, पीपल र सिधेनुन— यी सबैलाई तेलमा पकाउनुहोस । यो तेलको वाफ लिनाले पिनास रोग ठीक हुन्छ ।

७.  जीराको चूर्ण घीउ र सखरसँग दैनिक खानाले पिनास रोग ठक हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा