भाइरल जोडी बखत र प्रतिभाको बारेमा अहिले फेरी सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । एउटा यस्तो अचम्मको जोडीको अनपेक्षित वियोग भए पछि फेरी चर्चा सुरु भएको हो । उनीहरुको डिभोर्सको खबरले शुभचिन्तकहरु समेत चिन्तित भएका छन् । बच्चा भन्दा पनि सानो श्रीमान् भएका कारण यो जोडी सामाजिक सञ्जालमा चर्चित थियो ।बखतले सार्वजनिक रुपमा आफुहरुको कुरा सार्वजनिक गरेको भएपनि प्रतिभाले भने केही बोलेकी थिइनन् । तर अहिले पहिलो पटक प्रतिभाले पनि सम्बन्ध विग्रिएको खुलासा गरेकी छन् । उनले अब बखतसंग बस्न नसक्ने बताएकी छन् ।
प्रतिभाको यस्तो कुरा सार्वजनिक भएपछि फेरी दुवै जनालाई एकै ठाउँमा राखेर छलफल भएको छ । छलफलमा पनि एक अर्कालाई गल्ती गरेको आरोप लगाएका छन् । प्रतिभाले बखत आफै छोडेर जाने अनि प्रतिभाले छोडेर गै भन्दै बे इ ज्ज त गरेको आरोप लगाएकी छन् । उनीहरुको कुरा सुन्दा सानो असमझदारीले सम्बन्ध विग्रिएको बुझ्न सकिन्छ ।
उनीहरुले यो भेटमा नयाँ कुरा पनि खुलासा गरेका छन् । जतिबेला सामाजिक सञ्जालमा भाइरल भएका थिए त्यती बेला उनीहरुको विवाह नै नभएको बताएका छन् । केही समय संगै बस्ने सम्झौता गरेर काठमाडौ गएको उनीहरुले स्वीकार गरेका छन् । बखतले अनावश्यक रुपमा आफ्ना बारेमा गलत कुरा युट्युवमा भाइरल गरेको प्रतिभाको आरोप छ ।