रिलायन्स स्पिनिङको आईपीओमा पहिलो दिनमै ६ गुणा बढी आवेदन, ४० मिनेटमै ओभरसब्सक्राइब

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आजदेखि बिक्रि खुला गरेकाे आईपीओमा एकैदिन झण्डै ६ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले आजदेखि सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता आईपीओ निष्काशन गरेकाे हाे । उक्त आईपीओमा पहिलो दिनमै मागभन्दा ५.८४ गुणा बढी आवेदन परेको छ ।

सोमबार आवेदन खुला भएको ४० मिनेटमै रिलायन्सको आईपीओ ‘ओभर सब्सक्राइब’ भएको थियो । सोमबार बेलुका ५ बजेसम्म आईपीओमा ५३ लाख ९८ हजार १०० कित्ता माग भएको सीडीएससीले जनाएकाे छ ।

साँझ ५ बजेसम्म १ लाख ९ सय १७ जनाले सो संख्यामा सेयर माग गरेका हुन् । आवेदन दिएको सेयरको कुल मूल्य ४ अर्ब ४३ करोड ७ लाख ६० हजार रूपैयाँ हुन्छ । यो आईपीओ ५०-५० कित्ताका दरले १८ हजार ४ सय ९५ जनालाई पर्नेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा