बयान दिन्न गोली ठोके हुन्छ भनेका ओलीलाई तीन दिनभित्र बयानमा बाेलाउने आयोगको तयारी

काठमाडाैं । सरकारले गत भदाै २३ र २४ गते काे दमन र आगजनीबारे जाँचबुझ गर्न गठन गरेकाे आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बाेलाउने भएकाे छ ।

आयोगले कम्तीमा पनि एक साताको समय दिने गरी बयानका लागि पत्र पठाउने तयारी गरेकाे हाे ।

तत्कालीन सरकारको नेतृत्व र शान्ति सुरक्षाको जिम्मेवारीमा रहेका गृहमन्त्रीलाई डाक्नेछौं’ जाँचबुझ आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले बताए । उनीहरूलाई पत्र पठाइने छ ।

अहिले आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालको बयान गरिरहेको छ भने अहिलेका आईजीपी एवं तत्कालीन एआईजी दानबहादुर कार्कीको बयानको केही भाग बाँकी छ ।

यता पूर्वप्रधानमन्त्री ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने भन्दै त्यसबापत गिरफ्तार हुनुपरे आफू तयार रहेको र  बयान नदिएकै कारण आफूलाई गोली नै हाने पनि हुने अभिव्यक्ति दिएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा