काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीचकाे भेटवार्ता सकारात्मक देखिएकाे छ ।
मध्यरातमा भएको भेट हार्दपूर्ण भएको र मिलेर जानुपर्छ भन्ने विषयमा छलफल भएको रास्वपाका नेता असिम शाहले बताए ।
भेटमा भएका छलफलका विषय सार्वजनिक नभए पनि भेटले एकताको सन्देश दिएको छ। बालेन र रवि मिलेर अघि बढ्नुपर्छ भन्ने देशको मागकाे सुखद सुरुवात भएको शाहले बताए। यस भेटले दुई जना मिलेर अगाडि बढ्ने सन्देश दिएकाे बताए।
‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई’ उनले फेसबुकमा पनि लेखेका छन्।
सहकारीको रकम हिनामिनाको आरोपमा लामो समयको कारागार बसाइपछि रवी लामिछाने गत शुक्रबार धरौटीमा रिहा भएका हुन् ।
