आज एकैदिन ५५०० रूपैयाँले बढ्याे सुनकाे भाउ, नयाँ रेकर्ड बनाएकाे सुन कतिमा हुँदैछ काराेबार ?

काठकाडौं । नेपाली बजारमा लगातार बढेको सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी छ । आज पनि सुनको मूल्य बढेर इतिहासकै उच्च बिन्दुमा पुगेको छ ।

आज एकैदिन सुनको मूल्य तोलामा ५ हजार ५०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ लाख ६७ हजार २०० रूपैयाँ पुगेको छ ।

हिजो ३४ सय रूपैयाँले बढेर सुनको मूल्य २ लाख ६१ हजार ७०० रूपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार २ सय ५५ रूपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा