काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
राष्ट्रपति पौडेलले मगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएका हुन् ।
बैठक आज ३ बजे बस्ने छ। बैठकमा राष्ट्रपति पौडेलले प्रमुख दलले निर्वाचनबारे गरेको तयारी, सर्वोच्चमा हालेको रिटसहितका विषयमा छलफल गर्ने तयारी गरेका छन् ।
भदौ २३ को जेनजी आन्दोलनपछि प्रमुख दलका शिर्ष नेतासँग राष्ट्रापतिले पहिलोपटक छलफल गर्न लागेका हुन् । उनले फागुन २१ मै प्रतिनिधि सभा चुनाव हुनुपर्ने बताउँदै आएका छन्।
