काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले तीन जना महिलालाई नियन्त्रणमा लिएको छ ।
साउदी अरबबाट डिपोर्ट भएका तीन जनालाई साउदीस्थित नेपाली राजदूतावासले ट्राभल डकुमेन्ट बनाएर नेपाल पठाएकाे थियाे । तर ती महिलमहरूसँग नेपाली नागरिक भएको खुल्ने प्रमाण नदेखिएपछि विमानस्थल अध्यागमन प्रशासनले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मंगलबार साउदी अरबले डिपोर्ट गरेका तीन जना कलमाया तामाङ, इन्द्रमाया लिम्बू र सानुमाया तामाङ रहेका छन् ।
उनीहरू कहाँका हुन्, विगतमा कहिले साउदि गए, र नेपालको स्थायी ठेगाना कहाँ हो भन्नेमा शंका लागेपछि अध्यागमनले अनुसन्धान अघि बढाएको छ ।
यसको एकिन टुंगो लागेपछि मात्रै उनीहरूलाई नेपाल प्रवेश दिने वा फर्काइने निर्णय हुने अध्यागमनले जनाएकाे छ ।
