काठमाडौं । तपाईं राहदानी (पासपोर्ट) का लागि पर्खिरहनु भएको छ ? यदि पर्खिरहनु भएको छ भने अब चिन्ता दिनु पर्दैन।
किनभने राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ ।
कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ ।
विभागले हाल पूर्ण क्षमतामा राहदानी आपूर्ति गराइरहेको भन्दै जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएकालाई उपलब्ध गराइने बताएकाे हाे ।
गत मंसिर १५ सम्म आवेदन दिएकालाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ भने त्यसपछि आवेदन दिएकालाई क्रमशः उपलब्ध गराइने विभागले जनाएको छ ।
