मुगुमा फैलिएको इन्फ्लुएन्जा प्रकोपले एउटै वडाका ५ जनाको मृत्यु, २४ घण्टाभित्र विशेषज्ञ टोली पठाउन माग

काठमाडाैं । मुगुमा इन्फ्लुएन्जा नामक भाइरल ज्वरो फैलिँदा ५ जनाको ज्यान गएकाे छ। मगुकाे राराछायानाथ नगरपालिका वडा नम्बर १२, बाम गाउँमा मात्रै १७ दिनमा ५ जनाकाे ज्यान गएकाे हाे ।

मृत्यु हनेमा शिशु र साना बालबालिका रहेका छन् । हाल मुगु जिल्ला अस्पतालमा दैनिक २०० भन्दा बढी इन्फ्लुएन्जा सम्बन्धी बिरामी उपचारका लागि पुगिरहेका छन् ।

तर अस्पतालमा जम्मा ५० शय्या मात्र उपलब्ध छन् । लामो समयदेखि एक्सरे मेसिन बिग्रिएको छ, आवश्यक औषधि र मेडिकल उपकरणको गम्भीर अभाव छ भने अक्सिजन प्लान्टसमेत सञ्चालनमा छैन ।

अस्पतालमा बिरामीको चापले स्थिति नियन्त्रणबाहिर गएको भन्दै युवाहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमसमक्ष २४ घण्टाभित्र विशेषज्ञ चिकित्सक टोली पठाउन माग गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा