काठमाडाैं। सरकारले भारत र बंगलादेशमा गरी करिब १९ अर्बको विद्युत् निर्यात गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सरकारको १०० दिनको कार्यसम्पादन सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अघिल्लो वर्षदेखि ४० मेगावाट बिजुली बंगलादेश र बाँकी बिजुली नेपालले भारत निर्यात गर्दै आएको जानकारी दिएका हुन् ।
यस्तै उनले करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ अनुमानित लागत रहेको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा निर्माण गर्ने गरी लगानी ढाँचा ९मोडालिटी० तय गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको पनि बताए ।
२ खर्ब १३ अर्ब रुपैयाँ अनुमानित लागत रहेको १०६३ मेगावाट जडित क्षमताको अपर अरुण जलविद्युत् आयोजनलाई गैह्र आवासीय नेपाली ९एनआरएन०, विदेशमा रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित, देशभरका सर्वसाधारणलगायतले लगानी गर्न पाउने गरी स्वदेशी लगानीमा निर्माण गर्ने गरी वित्तीय ढाँचा तयार गरी सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको पनि उनको भनाइ छ।
यस्तै नेपाल विद्युत् प्राधिकरण र प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा निर्माण सुरु गरिएको १०२ मेगावाट जडित क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिई व्यवसायीक रूपमा विद्युत् उत्पादन सुरु भएको, १४ वटा जलविद्युत् आयोजनाहरूलाई निर्माण, स्वामित्वग्रहण, सञ्चालन तथा हस्तान्तरण द्यइइत् मोडेलमा विकासमा गर्न आशयपत्र आह्वान गरिएको बताए ।
