काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर रंगशालामा त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह सम्पन्न भएको छ । आज आयोजित समारोहमा त्रिभुवन विश्वविद्यालयका १६ हजार बढी छात्रछात्रा दीक्षित भएका छन् ।
समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीलगायत शैक्षिक क्षेत्रका दिग्गज व्यक्तिहरुले विद्यार्थीहरुलाई दक्षित भएको घोषणा गरेका हुन् ।
यसपटक विश्वविद्यालयबाट मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना गरी स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका थिए । जसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका हुन् ।
कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाएका छन् ।
