जाँचबुझ आयोगमा बयान दिंदै रमेश लेखक

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखक सोमबार बयान दिन जाँचबुझ आयोग जाने भएका छन् । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लेखकले सोमबार बयानका लागि जाने बताएका हुन् ।

गत भदौ २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले लेखकलाई शुक्रबार बोलाए पनि उनी बयान दिन सोमबार जाने भएका हुन् ।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु, उहाँहरूले शुक्रबारका लागि बोलाउनभएको रहेछ । तर म सोमबार मात्रै जान्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा