काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँगको बैठकस्थलबाट बाहिरिदै छलफल सकारात्मक भएको बताएका छन् ।
बिहीबार ललितपुरमा दुई नेताबिच छलफलमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एक ठाउँमा आउने प्रयास स्वरूप उनीहरूबिच वार्ता भएको हो । वार्तामा जेनजी अभियन्ता सुदन गुरुङ, रक्षा बम,पुरुषोत्तम यादव सहभागी थिए ।
त्यस्तै उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ, निवर्तमान सांसद अमरेश कुमारसिंह, सुनिल शर्मा लगायत पनि सहभागी थिए ।
