काठमाडौं । ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आज पनि छलफलमा जुटेका छन् ।
काठमाडौंको बालुवाटारस्थित एक घरमा उनीहरू वार्तामा बसिरहेकाे बताइएको छ । कुलमान र बालेन गत बुधबारदेखि लगातार चरणद्ध वार्तामा छन् । शनिबार बिहानै पनि उनीहरूबीच भेटवार्ता भएको थियो ।
पार्टी एकता, सहकार्य वा चुनावी गठबन्धनको कसरत गरिरहेका उनीहरूले यसैलाई टुंगोमा पुर्याउन उनीहरूले पटक–पटक छलफल गरेका छन् ।
