आसन्न निर्वाचनमा १ करोड ८९ लाख भन्दा बढी मतदाताले भोट हाल्न पाउने

काठमाडौं । फागुन २१ गते हुने निर्वाचनमा १ करोड ८९ लाख भन्दा बढी मतदाताले भोट हाल्न पाउने भएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि योग्य मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ कायम भएको निर्वाचन आयोगले जनाएको छ।

आसन्न निर्वाचनमा भोट हाल्न पाउने मतदातामध्ये ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य छन्। निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाले भोट हाल्न पाउँछन्।

निर्वाचनका लागि १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ।

प्रदेशअनुसार कोशीमा ३५ लाख ७४ हजार ३१०, मधेसमा ३६ लाख ३६ हजार ४१४, बागमतीमा ३६ लाख ८२ हजार ३१०, गण्डकीमा १८ लाख ७० हजार ६५, लुम्बिनीमा ३३ लाख ८६ हजार ६८०, कर्णालीमा १० लाख ३७ हजार २५० र सुदूरपश्चिममा १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्।

 

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा