सेयर बजारमा लगातार तेस्रो दिन गिरावट: नेप्से २७.५९ अंकले घट्दा ६ अर्ब ६९ करोडमा खुम्चियाे कारोबार

काठमाडाैं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दाेहाेराे अंकले घटेर बन्द भएको छ। गत साता बजार खुलेका दुई कारोबार दिन घटेकाे नप्से आज लगातार तेस्राे दिन घटेकाे हाे ।

आइतबार नेप्से परिसूचक २७.५९ अंक घटेर २६ सय १४ दशमलव ५५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१६ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आज ३२४ कम्पनीकाे १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार रुपैयाँबराबरको काराेबार भएकाे छ।

घटेकाे बजारमा सालपा विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यस्तै कारोबारमा आएको बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ८.९२ प्रतिशत घटेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.५९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा